रौतहट , १२ बैशाख//
जनता समाजवादी पार्टी रौतहटका जिल्ला ईन्चार्ज तथा गरुडाका प्रभावशाली नेता बृज यादवले पार्टी परित्याग गरेका छन्।
लामो समय देखी पार्टीमा लागेका यादवलाई स्थानिय तहको निर्वाचनमा टिकट नदिए पछि उनले पार्टी परित्याग गरेका हुन् ।
मूर्ति मेयरको उपमा पाएका गरुडाका निर्वतमान मेयर ईन्नु यादवको छोरा अनिल यादवलाई जसपाले मेयरको टिकट दिए पछि बृज यादव हिजो नै नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।
यादवलाई टिकट नदिएर मेयरको छोरालाई टिकट दिए पछि गरुडामा जसपाका कार्यकर्ताहरु पनि आक्रोशित बनेका छन् ।


