धनुषा , १३ बैशाख //
धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिंदा तीनजनाको मृत्यु भएको छ ।
गएराति साढे २ बजेको समयमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा सडक छेउमा रोकिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ
। दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका ४ का २० वर्षीय सुमित भिण्डेबाल र धनुषाकाे विजय नगरपालिका ५ का १८ वर्षीय अविनाश मण्डलको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार अर्का एक जनाको परिचय खुलेको छैन ।
मृतक तीन जनाकै शव अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएकाे छ ।


