Wednesday, April 8, 2026

स्थानीय निर्वाचनको लागि मनोनयनपत्र दर्ता गराउने आज अन्तिम दिन

पछिल्लाे समाचार


रौतहट , १२ बैशाख //
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि मनोनयनपत्र दर्ता गराउने आज अन्तिम दिन रहेको छ ।

रौतहटमा चुनावको लागि पार्टीहरुले आ आफ्ना उम्मेदवार टुंगो लगाएसंगै निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गराउने कार्य भईरहेको छ।
आइतबार मनोनयन दर्ता गराउने उम्मेदवारको संख्या न्यून देखिएको थियो । जिल्लाको गौर नगरपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी, जनता समाजवादी र नेकपा एमालेका उम्मेदवारले आज मनोनयन दर्ता गराउंदै छन् ।
आइतबार गौरमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले प्रथम मनोनयन दर्ता गराएका थिए थिउए भने गौर नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निवर्तमान (पूर्व मेयर) अजयकुमार गुप्ताले लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मेयरमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

गौरमा उपमेयरको पदका लागि उषा झाले उम्मेदवारी दर्ता गराएकी थिइन् ।रौतहटको गौर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी, जनता समाजवादी र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराउने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु