Monday, April 20, 2026

चन्द्रपुरमा कराँतेको मधेश प्रदेश स्तरिय ग्रेडिङ कार्यक्रम सुरु

पछिल्लाे समाचार


रौतहट , १९ असार //
चन्द्रपुरमा कराँतेको मधेश प्रदेश स्तरिय दिक्षान्त समारोह अर्थात ग्रेडिङ कार्यक्रम सुरु भएको छ ।

सो कार्यक्रम असार १७ गतेदेखि २१ गते सम्म संचालन हुने नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङले जानकारी दिए।
ग्रेडिङ कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लाका करिव एक सय जना खेलाडीको सहभागिता रहेको छ ।

नेपाल सितोरियो कराँते संघका अध्यक्ष गुरुङले उद्धघाटन गरेको सो ग्रेडिङका ब्ल्याक बेल्ड ,दोस्रो डान र तेस्रो डान लिने खेलाडीहरुको सहभागिता रहेको सितोरियो कराँते संघ रौतहटका सह सचिव भिम पहरीले बताए ।

नेपाल कराँते महासंघका पुर्व प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठले ग्रेडिङ कार्यक्रममा सहभागि खेलाडीहरुलाई प्रशिक्षण दिईरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु