Monday, April 20, 2026

भन्सार छलीको समानसहित सप्तरीबाट एकजना पक्राउ

पछिल्लाे समाचार


सप्तरी , ४ कार्तिक //

सप्तरीबाट भन्सार छलीको समानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ बस्ने लक्षण राजकको २५ वर्षीय छोरा कमलेश कुमार रजक रहेका छन्।

बुधबार इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुर ७ बाट रजकलाई भारतबाट भंसार छली गरेर ल्याउँदै गरेको रजनीगन्दा तुलसी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट अन्दाजी ३० हजार मूल्य बराबरको १५ प्याकेट रजनीगन्दा तुलसी बरामद गरि बिहिबार राजविराज भंसार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु