रौतहट २२ कार्तिक /केही समय रोकिएको लामखुट्टे मार्ने अभियान पुन शुरु भएको छ ।
गौरका मेयर शम्भु साहले लामखुट्टे बिरुद्धको अभियान फगिंगले मात्र सार्थक नहुने यसको लागि सबैले आ आफ्नो भुमिका निर्वाह गर्नु पर्ने बताएका छन ।
विभिन्न कारणले बिलम्ब भएपनि एक्सपर्टबाट उपलब्ध औषधीलाई सोही अनुसारको मापदण्ड र प्रोटोकॉल पालन गर्दै पुनः फगिंग शुरु गरिएको मेयर साहले जानकारी दिए ।
लामखुट्टे मार्ने अभियान क्रमशः सबै वडाहरुमा संचालन गरीने गौर नगरपालिकाले जनाएको छ ।


