Tuesday, April 21, 2026

अशक्त, अपाङ्ग लाई चन्द्रपुर १ मा सिरक बितरण

पछिल्लाे समाचार


रौतहट १५ पुस ।मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश समितिले अशक्त, अपाङ्गलाई शुक्रबार सिरक वितरण गरेको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर १ मा ३० जना अशक्त अपांगहरुलाई जाड़ोंबाट बाच्नको लागि सिरक वितरण गरिएको हो ।
अचानक बढेको चिसोको कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएकाले सिरक वितरण गरेको मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले बताईन् ।
सिरक बितरण कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना, जिल्ला शाखा रौतहटकी संयोजक उषा खनाल, उपाध्यक्ष विमला गौतम, सचिव अपर्णा घिमिरे, कोषाध्यक्ष जसूमाया वाइवा, सदस्य सुधा जायसवाल, चुन माया दाहाल, सुनीता पुलामी, डम्मर कुमारी मगर, प्रतिक्षा कलवार, नेन्सी श्रेष्ठ, उर्मिला जोशी, सन्तवना श्रेष्ठ, मिना श्रेष्ठ, शुसिला श्रेष्ठ, प्रतिमा जयसवाल, एशोदा राउत, विविमाया तितुङ्ग, लालिमाया तितुङ्गलगायतको उपस्थति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु