रौतहट १५ पुस ।मेचि महाकाली बुहारी संयुक्त आवाजले जाडो पिडितलाइ सिरक वितरण गरेको छ ।
चन्द्रपुर नगरपालिकाको वडान ७ र ८ का ३५ जना असाहाय तथा अपाङ्ग लाई ३५ थान सिरक वितरण गरिएको हो।
मेचि महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशकी अध्यक्ष पुजा पाठक तिमलसिनाले उनीहरुलाई घर घरमा पुगेर सिरक वितरण गरेकी थिईन् ।
गरिव विपन्न तथा असाहायको जिवन स्तर कष्टकर बन्दै गएपछि आफुहरुले राहत होस भन्ने सोचका साथ सिरक वितरण गरेको तिमलसिनाले बताइन ।
मेचि महाकाली बुहारी संयुक्त आवाजले महिला हिंसाका बिरुद्ध आवाज उठाउदै आएको छ ।
रौतहट सहित तराईका जिल्लामा चलेको शितलर र बाक्लो हुस्सुका कारण आम सर्वसाधारणको जनजिवन प्रभावित बन्दै गएको छ ।
बाल बालिका , बृद्ध बृद्धा अपांगहरु बढ़ी प्रभावित भएको ले राहत स्वरुप न्यानो कपडा सहयोग गरेको बताइएको छ ।
कार्यक्रममा वड़ा नंबर ७ का वड़ा अध्यक्ष बिष्णु उप्रेती , वड़ा नम्बर ८ का वड़ा अध्यक्ष जीतेन्द्र चौधरी ,मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा रौतहटका लेखपाल विमला गौतम , कोषाध्यक्ष जसूमाया वाइवा , सदस्य सुधा जायसवाल , चुन माया दहाल ,सुनीता पुलामी , डम्मर कुमारी मगर सहितको उपस्थति रहेको थियो ।
कपडा बितरण कार्क्रममा सहयोग गर्नुहुने सवैलाइ मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनालाई धन्यवाद दिएकी छिन ।




