Tuesday, April 21, 2026

शनिवार पसल बन्द गर्न नगर उधोग वाणीज्य सघ चन्द्रपुरको आग्रह

पछिल्लाे समाचार

चन्द्रपुर १६ पुस । व्यापारी हरुलाइ चन्द्रपुर नगर उद्योग बाणिज्य संघले शनिवार व्यापार,ब्यवसाय बन्द गर्न आग्रह गरेका छन ।
ब्यापारीहरू को सल्लाह र सुझाव अनुनुसार हप्ताको १ दिन शनिवार सटर बन्द गरेर बिदा मनाउने निर्णयलाइ साथ दिन चन्द्रपुर नगर उधोग बाणिज्य संघ चन्द्रपुरले आग्रह गरेको छ ।
व्यावसायि हरूलाई आ-आफ्नो घर परिवारमा रमाउने तथा आफ्नो हिसाब मिलान,स्टोक मिलान गर्ने कार्यको लागि शनिवार एक दिन बिदा गर्ने प्रचलनलाइ निरन्तरता दिन शनिवार पसल बन्द गर्ने निर्णय भएको चन्द्रपुर नगर उधोग बाणिज्य सघका महासचिव जनक राज भारतिले जानकारी दिएका छन ।
अत्यावश्यक बाहेक सबै व्यापार,व्यासाय बन्द गरी सहयोग गर्ने निर्णय अनुसार शनिवार चन्द्र्पुर नगर उधोग वाणीज्य सघ र ब्यापारीहरू ले पुर्व पश्चिम राजमार्गका बजार निरिक्षण गर्दै छिटफूट खुलेका पसल बन्द गर्न अपिल गरेका छन ।
निरीक्षण र अनुगमन कार्य हरेक शनिवार गरिने र यो कार्यमा साथ सहयोग गरीदिन चन्द्रपुर नगर उधोग बाणिज्य सघले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु