Tuesday, April 21, 2026

चन्द्रपुर नगरका सातसय बृद्धबृद्धा लाई सिरक बाडिदै

पछिल्लाे समाचार


रौतहट १४ माघ । चन्द्रपुर नगरपालिका द्वारा १० वटै वडामा ८० वर्ष भन्दा माथि उमेरका बृद्धबृद्धा लाई सिरक ,टोपी,झुल बितरण गर्न लागेको छ ।
नगरभरीका ७ सय बृद्धबृद्धा हरुलाइ न्यानो सिरक,झुल टोपि वितरण गर्न लागिएको नगरप्रमुख संजय काफ्लेले जानकारी दिएका छन ।
छनौटमा परेकाहरुले उमेर खुल्ने आ आफ्नो परिचय पत्र लिइ वडा कार्यलयमा सम्पर्क गर्न नगरप्रमुख काफ्लेले आग्रह गरेका छन ।
चन्द्रपुर ८ का ले ८० बर्ष पुगेका बृद्धबृद्धाहरुलाइ कपडा ,झुल बितरण शुरु गरिसकेको छ ।
नगरकार्यपालिकाको कार्यालय चन्द्रपुरको सहयोगमा चन्द्रपुर नगर भित्र रहेका ८० वर्ष पुरा भएका सम्पुर्ण बृद्धबृद्धा लाइ सिरक, टोपी र झुल वितरण गर्ने योजना ल्याएको छ ।
८० वर्ष पुरा भएका बृद्धवृद्धा ले कागजात लिई वडाहरुमा आउन सुचित गरेको नगर प्रमुख काफ्लेले आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु