रौतहट १३ माघ / काठको फर्निचर मेला जयनगरमा सुरु भएको छ ।
हरेक बर्ष श्रीपन्चमी देखि गरुडा नगरपालिका १ जयनगरमा काठबाट बन्ने विभिन्न फर्निचरहरुको प्रदर्शनी र मेला लाग्दै आएको छ ।
मेला तथा प्रदर्शनिमा पलङ, खाट, कुर्सी र दराज ,झ्याल,ढोका लगाएतका विभिन्न फर्निचर बिक्रीका लागि राखिएको छ ।
हरेक वर्ष फर्निचर मेलामा ब्यापारीहरु थपिने गरेको र फर्निचर मेलाले गाउको मान बढाएको वडाअध्यक्ष शेख ओहावले बताएका छन् ।
श्रीपञ्चमी देखि एक महिनाभन्दा बढी जयनगरमा फर्निचर मेला लाग्ने गरेको वडाध्यक्ष शेख ओहावको भनाइ छ । मेलामा फर्निचर सस्तो पाइने भएको धेरै ठाउँका ग्राहक तथा ब्यापारीहरु पुग्ने गरेका छन ।
जयनगर मा लाग्ने फर्निचर मेलाबाट काठमाडौं, जनकपुर, पोखरा, चितवन,वीरगजका साथै रौतहट र बाराका विभिन्न बजार बाट व्यापारी आउने गरेका छन ।
मेलामा १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको फर्निचर मेला आयोजक समितिले जनाएको छ ।
फर्निचर मेलामा मानिसको चहलपहल बढ्दै गएको छ । मेला बाट थोकमा किनेर अन्यन्त्र जिल्लाहरुमा खुद्रा बिक्रीगर्न लैजाने व्यापारीहरु फर्निचर छानिरहेका छन ।
जयनगरमा श्रीपन्चमीको अवसरमा फर्निचर तथा फलामे सामानको मेला तथा प्रर्दशनी हुने गरेको छ ।
५० बर्ष भन्दा अघि देखी रौतहटको शिवनगरमा लाग्दै आएको उक्त मेला २०६४ सालबाट जयनगर चौकमा लाग्न शुरु भएको जानकारहरु बताउछन ।


