Tuesday, April 21, 2026

जसपाको नगर स्तरीय संगठन बिस्तार

पछिल्लाे समाचार


रौतहट १४ माघ । देवाही गोनाही नपामा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार  सम्पन्न भएको छ ।
शनिवार रौतहटको देवाहीगोनाही नगरपालिकाको बौधीदेवी प्रावि प्रेमपुरमा  भेला सम्पन्न भएको हो।
संगठन विस्तारको क्रममा विर बहादुर राय यादवको अध्यक्षतामा ३१ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ । त्यसैगरि उपाध्यक्ष रघुनाथ साह र सेख नजिर, सचिव कमलेश यादव, सहसचिव दिपक साह कानु, सन्तोष पटेल, कोषाध्यक्ष तेतरी देवी कुम्हार सदस्यहरुमा रामप्रबेश पटेल, जाहिर अंसारी, जयमंगल यादव, विन्देश्वर पंडित, रमन साह, भोला राय, शैलेन्द्र पटेल लगायतका ३१ सदस्यीय  नगर तदर्थ समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष विर बहादुर राय यादवले जानकारी दिएका छन ।
सो पार्टी का जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा केन्द्रिय राजनितिक समितिका सदस्य विश्वनाथ पटेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य चुल्हाई राय यादव मधेश प्रदेश समिति सदस्य एवम् जिल्ला इन्चार्ज राम आशीष यादव, सहइन्चार्ज राजकुमार दास, मधेश प्रदेश सदस्य ईश्वरी राय यादव, रौतहट सहसचिव शम्भु यादव लगायत को कार्यक्रममा सहभागीता रहेको थियो

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु