Tuesday, April 21, 2026

खतवैया- कटहरीया जोड्ने पुल  अलपत्र

पछिल्लाे समाचार


रौतहट, ३० पुस । गुजरा र कटहरिया नगरपालिका जोड्ने खतवैयाको निर्माणाधिन पुल  अलपत्र अवस्थामा छ ।
चार वर्ष अघि  निमार्ण  शुरु सो पुल अलपत्र  छ ।समयमानै पुल नबन्दा  स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन ।
रौतहटको गुजरा नगरपालिकाको खतबहिया बाट कटहरीया जोडने सडक खण्डमा  निर्माणाधिन पुल समयमा नबन्दा स्थानियले सास्ति भोग्नु परेको गुनासो छ ।
दैनिक दर्जनाै सवारीसाधनहरु आवतजावत गर्ने सो सडकमा पुल निमार्ण नहुँदा दुई किलोमिटर  बाटो घुमेर  आवतजावत गर्नु परेको गुनासो सो भेगका बासिन्दाको छ ।
  हिउदमा निर्माणाधिन पुल नजिकै नदिमा बाँसको सामान्य पुल निमार्ण गरेर सर्वसाधारणले नदि तर्दै आएका छन । वर्षातको समय दुई किलोमिटर बाटो घुम्नु पर्ने बाध्यता रहेको  स्थानीय प्रल्हाद साहले बताए ।
गुजरा नगरपालिका वडा नम्बर ६ खतबहिया टोल र कटहरिया नगरपालिका २ स्थित छेदीचौक बजार जोड्ने सडकमा निमार्णाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण  चार वर्ष देखि अलपत्र  रहेको स्थानीय बासिन्दा साहले गुनासो गरेका छन् ।
पुल निमार्ण  दुई वर्ष ३ महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले विभिन्न बहाना बनाई  अधुरो राखेकाे गुनासो छ ।
आफुहरुले उत्पादन गरेको उँखु, धान, गहुँ, मकै लगायतका कृषि उत्पादन महगो ढुवानी भाडा तिरेर ल्याउन लैजानु परेको किसानको गुनासो छ ।
तत्कालिन भौतिक तथा योजना मन्त्री रधुविर महासेठले आर्थिक वर्ष २०७५/०७६ मा २७ महिना भित्र पुल निमार्ण सम्पन्न गर्ने गरी शिलान्यास गरेका थिए ।
पुल ९ करोडको लागतमा दुई चरणमा निमार्ण गर्ने सम्झौता भएपनि मौलापुरका पेटी ठेकेदार आश महम्मदले हालसम्म करीव ४० प्रतिशत मात्र निर्माण गरेर पुल अलपत्र छाडेको स्थानियको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु