Tuesday, April 21, 2026

श्री किसान दुग्ध उत्पादक सहकारी बार्षिक साधारण सभा

पछिल्लाे समाचार

रौतहट २२ पुस । श्री किसान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो सभाको उदघाटन गर्नुहुदै चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष नीलहरी कोईरालाले सहकारी मार्फत सम्बृद्धी ल्याउन सकिने बताए ।
उनले दिगो बिकासका लागि सहकारी संस्था क्रियाशिल हुनु पर्ने धारणा राखेका छन ।
सहकारी लाई बलियो बनाउदै शेयर सदस्यको जीबन यापनमा सहज ल्याउनु पहिलो काम भएको वडाअध्यक्ष कोइरालाको भनाइ छ ।
सो सभामा चन्द्रपुर नगरपालिका सहकारी फाँटका प्रमुख नसरे आलमले शेयर सदस्यको आर्थीक स्तर उकास्न र सक्षम बनाउन सहकारी संस्थाको मुख्य भुमिका हुने बताए ।
संस्थाका अध्यक्ष नबराज दाहालको सभापतित्वमा कार्यक्रमको सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु