Sunday, April 19, 2026

भन्सार छलेको चामल बरामद

पछिल्लाे समाचार


रौतहट  २३ माघ ।गौर नगरपालिका वडा नं.५ स्थित रहेको खाध्यान्नको गोदाम बाट भन्सार छलेर राखेको चामल बरामद भएको छ ।
विष्णु मिश्राको दुई तल्ले पक्की घरको भुई तल्लामा गौर .८ वस्ने हरेराम साह र नन्दलाल साह ले संचालन गरेको नन्दलाल चामल, चिउरा भुजा पसलको पछाडी रहेको गोदाममा भारतबाट भन्सार छली गरेको विभिन्न ब्राण्डका चामलहरु लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, रौतहटले पसल पछाडी रहेको गोदामबाट विभिन्न ब्राण्डको २५ किलो तौल भएको प्रति बोरा.१,हजार ८ सय  दरको २ सय ७० बोरा,को करीव  चार लाख छयासी हजार मुल्य बराबरको  चामल बरामद गरेको छ ।
  विल विजक माग गर्दा देखाउन नसकेकोले चामलको बोरा बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाईएको  डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु