Sunday, April 12, 2026

मारेर लुकाएको भनिएको बाघ को खोजी हुदै

पछिल्लाे समाचार


रौतहट २५ फागुन । चन्द्रपुर नगरपालिका–५ स्थित राजपेडा टोलको चादीनदि पारी  रामलाल बृन्दावन साझेदारी वन क्षेत्रमा बाघ मारेको भन्ने बिषयको विभिन्न निकायले अनुशन्धान गरिरहेको छ ।
वन कार्यालयको टोलीले बाघ खोजी गरीरहेको छ , सिकारीले बाघ मारेर पुरेको हुनसक्ने भन्दै  वन, प्रहरी, निकुञ्ज र सेनाको टोलीले  खोजी गरिरहेको छ । 

सो बनक्षेत्रमा पाटेबाघको आक्रमणबाट चन्द्रपुर–८ स्थित बेतौना घर भएका भुवन माझी घाइते भएका थिए । तर त्यहि बाघले हो वा अरुले हो भन्ने स्पष्ट भएको छैन ।

बाघले आक्रमण गरेपछि आफू लडेको र अरु केही  थाहा नपाएको घाइते माझीले  प्रहरीसमक्ष बताएका छन् ।

सुरुमा उनले रूखबाट लडेर घाइते भएको उपचार गराएका थिए । पछि  वीरगन्जस्थित भवानी अस्पतालमा पुर्‍याइएका माझीले बाघले आक्रमण गरेको  पछि बयान फेरेकाे बताइएको छ ।

वन कर्मचारीकै निगरानीमा घाइते माझीको वीरगन्जमा उपचार भइरहेको छ ।

डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले बाघ मारेको हल्ला फैलिएकै दिनदेखि खोजी गरिरहेको बताए ।

डिएफओ कर्णले भने, ‘अहिलेसम्म बाघ फेला परेको छैन । बाघ मारेको हो वा होइन भन्ने यकिन हुन सकेको छैन,’।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत सुरक्षा अधिकारीको टोलीसमेत बाघ खोज्न पुगेको थियो ।  इलाका प्रहरी कार्यालय र वनको टोली जेसीबी लिएर बाघ पुरेर लुकाएको भनिएको सम्भाबित स्थानमा खोज्न गएको थियो ।  दिनभर खोज्दा बाघ को अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी एकनारायण कोइरालाले बताए ।
दुई दिनअघि पर्सा राष्ट्रिय निकुञ्ज र सेनाको टोली चेतनगरको बनमा खोजी गरेको थियो ।

वन र निकुञ्जको टोलीले दिनभर खोजी गर्दासमेत मारेर गाडेको भनिएको बाघ नभेट्टाए पछि फर्किएको थियो ।

रौतहटको वनभित्र वन्यजन्तुको संख्या बढेको छ । यसको संरक्षण र निगरानीका लागी डिभिजन वनले विभिन्न स्थानमा जडान गरेको क्यामेरा ट्र्यापमा पाटे बाघ, भालु, बँदेल, हरिण, चितुवालगायत वन्यजन्तु कैद भएका थिए । क्यामेराकै मद्दतले रौतहटको राष्ट्रिय वनभित्र ५ वटा पाटेबाघ भएको  पत्ता लागेको थियो ।

रौतहटको तुरतुरे, लमाहा, सत्तेरी, गैंडाटार, जुडिबेला क्षेत्रमा बाघको आउजाउ  बढेको भन्दै वनले प्रवेशमा रोक लगाउँदै आएको बन कार्यालयले जनाएको छ ।

फोटो : रौतहटको बनमा क्यामरामा कैद भएको बाघ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु