Friday, April 10, 2026

करूनिया पुल निमार्णमा गुणस्तरहिन सिमेन्ट प्रयोग

पछिल्लाे समाचार

रौतहट ७ बैसाख । देवाहीगोनाही नगरपालिका वडा नम्बर ४ करूनिया घाट स्थित लाल बकैया पुलको निमार्णमा गुणस्तरहीन सिमेन्ट प्रयोग भईरहेको गुनासो छ ।
पुलको निमार्णमा गुणस्तरहिन सिमेन्ट(डल्लो परेको) सिमेन्ट प्रयोग गर्न ट्रेक्टरमा लोड गरि सिमेन्ट लगिरहेको अवस्थामा स्थानीयहरूले ट्रैक्टर नियन्त्रणमा लिएका थिए ।
स्थानीय बासीहरूले ट्रैक्टर नियन्त्रमा लिई काम रोकेको वडा नम्बर १ का पूर्व वडा अध्यक्ष शेख नुरूलाहले बताएका छन् ।
उनका अनुसार यसअघि संघीय सासद किरण साह, देवाहीगोनाही नगरपालिकाकी उप प्रमुख परनिया देवी पटेल सहितको टोलीले अनुगमन समेत गरेको थियो ।
सो क्रममा ४ सय ५० बोरा सिमेन्ट सेट भई सकेको सिमेन्ट बरामद भएको थियो ।
बिग्रिएको सिमेन्ट प्रयोग नगर्ने शर्तमा त्यही छोडिएको थियो । तर ठेकेदारले जानीजानी रातिराति काम गराई ती सबै बिग्रिएको सिमेन्ट ले ढलान गरेको गुनासो छ ।
लाल बकैया पुलमा म्याद सकेको तथा ढुंगा बनेको सिमेन्ट रात्रिको समयमा प्रयोग गरि पुल निमार्ण कार्य भैरहेको स्थानीयवासीको आरोप छ ।
सो पुल करिब १९ करोड भन्दा बढि रुपैयाँको टेन्डरमा निमार्ण भईरहेको छ । विकास ब्रदर्श निर्माण कम्पनीले सो ठेक्का सकार गरेको थियो ।
यता सडक डिभिजनका साइड इन्जीनियर ले थाह पाए लगते सो सिमेन्टलाई हटाएर गुणस्तरीय सिमेन्टको प्रयोग गर्न निर्देशन दिएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु