Friday, April 10, 2026

ब्रम्हस्थानको भेटी अनियमितता भएको भन्दै प्रशासन मा उजुरी

पछिल्लाे समाचार



रौतहट ७ बैसाख / प्रख्यात धार्मीक स्थलको रुपमा परिचित चन्द्रपुर १ स्थित पौराइ ब्रम्हस्थानको भेटी अनियमितता भएको  भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
पौराइ स्थान निर्माण सुधार संघले मन्दिरको आयआर्जनमा अनियमितता गरेको भन्दै केहि स्थानीयले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका थिए।
समितिले ४ बर्ष देखीको हिसाव  हिनामिना गरेको संस्था नविकरण समेत नगरेको लगाएतका आरोप लगाउदै स्थानीयले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका थिए ।
उजुरीको कुनै सुनुवाईने नभएको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले गुनासो गरेका छन ।
समितिले मन्दिरमा भक्तजनले चढाएको बोका तथा परेवा , भेटी मा मनोमानी गरेको गुनासो छ ।
  स्थानीय केही अगुवा युवाहरुले ले गत माघ २ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।
समितिले महादेव मन्दिर निर्माणका लागि रकम अभाव देखिएको  मन्दिर निर्माण अधुरे छाडेको तर त्यसको हिसाब किताब नदेखाएको स्थानीयको भनाइ रहेको छ।
संबिधानसभा सदस्य रामकुमार भट्टराईको सासद विकास कोषबाट बनेको महादेवको मुर्ती ढलेपछि सो स्थानमा ४० लाखको लागतमा अर्को महादेवको मूर्ती बनाउने काम थालिएको थियो ।
पछिल्लो समय महादेवको मुर्ती निर्माणका लागि रकम अभाव भएको भन्दै निर्माणको काम  छाडिएको थियो ।
स्थानीयले पौराई ब्रम्हस्थानमा सर्वसाधारणले चढाएको दान पेटीकाको रकम समेत समितिले दाखिला नगरी मनोमानी चलाउने गरेको आरोप छ ।
समितिको नाममा बैंकमा रहेको रकम समेत अध्यक्षले मनोमानी तरिकाले आफुलाई आवश्यक परेको बेलामा निकाल्ने र पछि लगेर जम्मा गर्ने गरेको समेत स्थानीयले जिल्ला प्रशासन कार्यालयमा दिएको  उजुरीमा उल्लेख रहेको छ ।
पौराइ ब्रहम स्थान निर्माण सुधार समितिले मनोमानी गरेको भन्दै स्थानीयले तत्कालिन समयमा वडा कार्यालयमा उजुरी गरेपछि समितिले २०७७ जेठ २१ गते सम्म साधारणसभा गर्ने सहमती भएको थियो ।
राणा प्रधानमन्त्री जगबहादुर राणा शिकार खेल्ने क्रममा पौराईको घनाजंगलमा आएको अवस्थामा आफुसंग आएका सेनाहरू हराएको र पौराई ब्रम्हस्थानमा  पुजा गरेपछि हराएका सेना फेला परेको  किवबन्ती रहेकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु