Friday, April 10, 2026

रेल्वे लाइनको रुख तस्करी

पछिल्लाे समाचार



रौतहट, ७ बैसाख। रेल्वे लाइनको  रौतहटको चन्द्रपुर पौराई वागमती खण्डमा नापी नै नगरी टाँचा लगाएर नियम बिपरित रुख कटान भएको गुनासो छ ।
वर्दीबास निजगढ रेल्वे ट्रयाक निर्माणको लागि चन्द्रपुर देखि पौराई बागमती सम्म घना जंगल रहेकोमा नापजाँच गरी आधिकारिक रुपमा वन कार्यालयबाट टाँचा लगाएपछि मात्रै रुखहरु कटान गर्नुपर्ने कानुनी ब्यवस्था भएपनि बलेरी रेन्जपोष्टका प्रमुखले हचुवाको भरमा आफूखुशी टाँचा लगाएर व्यापक संख्यामा रुख कटान गराएको आरोप स्थानीयले लगाएका छन ।
पूर्व पश्चिम रेलमार्ग अन्तर्गत चन्द्रपुरको मरधर देखि बागमती सम्मको ११ किलोमिटरको ट्रयाक खोल्नको लागि रुखहरु धमाधम कटान भइरहेको छ ।
चेतनगर बनक्षेत्रको कटान भएको सालको गोलिया काठलाई वन कर्मचारीहरु बिक्री गरेको समेत गुनासो छ ।
पौराईमा रेल्वे लिकको आडमा कटान भईरहेको रुख माथि अहिले कर्मचारी देखि तस्कर को आँखा लागेकोछ ।
वन कार्यालयले मापदण्ड पुरा गरेर रुखहरुमा टाँचा लगाएपछि मात्रै कटान गर्नुपर्नेमा केही वन कर्मचारीकै मिलोमतोमा नियम बिपरित रुख कटान भएको एक कर्मचारीले जानकारी दिए ।
गत ४ गते रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहको क्षेत्रमा रेलमार्गमा पर्ने सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलिया काठ ठेकदारले घाटगद्दी गर्न तयारी गराएकै अवस्थामा सब डिभिजन वन कार्यालय चेतनगरका सहायक वन अधिकृत बालकिसोर सिंहले वृन्दावन नगरपालिकाको हर्षाहामा रहेको चिरान मिलमा बिक्री गरेको खुलेको थियो ।
रेलमार्गमा कटान भएको गोलिया काठलाई दाउरा बनाएर बिक्री गरेको समेत गुनासो छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गतको सब डिभिजन वन कार्यालय चेतनगरका सहायक बन अधिकृत सिंहले सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलियालाई तीन फिटको ६ टुक्रा बनाएर तस्कर सग पैसा लिएको खुलेको छ ।
रेलमार्गमा कटान भएको गोलिया काठ हरु डिभिजन बन कार्यालयको सशस्त्र बन रक्षक कार्यालय अगाडी र दाउरा भने सब डिभिजन बन कार्यालय जुडिबेलामा घाटगद्दी गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख सुनिलकुमार कर्णले बताएका छन ।
गोलिया काठ हराएको  आफूले पनि सुनेको  यथार्थ छानविन गरेर काठ फिर्ता ल्याउने तथा दोषिलाई कारवाही गर्ने प्रमुख कर्णको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु