Friday, April 10, 2026

रमजानको अवसरमा मस्जितहरुमा खाध्यान्न बितरण

पछिल्लाे समाचार

रौतहट ७ बैसाख ।गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले मुस्लिम समुदायले मनाउने पर्व रमजानको अवसरमा नगरभरीका मस्जिदहरुमा खाद्य सामग्री वितरण गर्ने कार्य शुरु गरेको छन।
मुस्लिम समुदायले १ महिना मनाउने रोजा ( रमजान) पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन सोमबारदेखी खाद्य सामग्री वितरण शुरु गरेका हुन ।

गरुडाका मेयर जयसवालले मुस्लिम समुदायहरुले मनाइने रमजान पर्वले आपसी सद्भाव र मेलमिलाप कायम रहोस् भन्ने शुभकामना दिएका छन ।
गरुडा नगरपालिकाको वडा नम्बर १ जयनगर वडा नम्बर ६ पोठियाही र सोही नगरपालिकाको वडा नम्बर ८ बसबट्टि जिंगडियाको मस्जिदमा विभिन्न किसिमका फलफुल तथा अन्य खाध्यान्न वितरण गरीएको छ ।
विगतमा हुन नसकेका कार्य नगरप्रमुख जयसवालले सबै जातजाति, धर्म र सम्प्रदायलाई समान रूपमा व्यावहार गर्दा आफुहरु निकै हर्षित भएको मुस्लिम समुदायका एक स्थानीयले खुशि व्यक्त गरेका छन ।
नगर भरीको सवै मस्जिदमा खाद्य सामग्री वितरण गर्ने योजना रहेको नगरप्रमुख जयसवालले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु