Saturday, July 20, 2024

गणतन्त्र दिवशमा चन्द्रपुरमा बृहत् रक्तदान कार्यक्रम

पछिल्लाे समाचार


चन्द्रपुर १५ जेठ ।  चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताएका छन ।
गणतन्त्र दिवशको अबसर पारेर नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको उदघाटन गदै नगर प्रमुख काफलेले भवन बन्ने बताएका हुन ।
नजिकै आउदै गरेको नगर सभाबाट नै रेडक्रसको भवन निमार्ण गर्न प्रस्ताब गरेर लैजाने र यसै बर्ष भित्र रेडक्रसको आफनै हुने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाए ।
उक्त भबनमा रक्तसंचार कार्यालय पनि तुरुन्त संचालन हुने नगर प्रमुख काफलेलेको भनाइ रहेको थियो ।


उशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब झरेन्द्र प्रसाद चापागाई,नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंह,सल्लाहकार समितिका सदस्य अमर बहादुर आले,रक्त संचार शाखा प्रमुख संजय यादब ,चन्द्रपुर अस्पतालका संचालक डा.सुवास चौधरी,सिभिल अस्पतालका संचालक राजन साह लगायतकाहरुको सहभागिता रहेको थियो ।


उक्त रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन । एक महिला सहित ४१ जनाले रक्तदान गरेको उपशाखाका सचिब लालबाबु साहले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रौतहट उपशाखा र चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु