Wednesday, April 8, 2026

पत्रकार महासघका सदस्य राजेन्द्र क्षेत्रीले दिए राजीनामा

पछिल्लाे समाचार


रौतहट १३ जेठ । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव तथा महासंघका सदस्य राजेन्द्र कुमार क्षेत्री ले शुद्वीकरण अभियानलाई सफल बनाउन राजिनामा गरेका छन ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकारितामा क्रियाशिल रहेको पत्रकारको संस्था बनाउने उदेश्यलाई सकार पार्न पुर्व सचिव क्षेत्रीले राजिनामा दिएका हुन ।
पुर्व सचिव क्षेत्रीको राजिनामा सगै निस्कृय सदस्यहरुले स्वयम् राजिनामाको घोषणा गरे राैतहटमा सदस्यता शुद्दीकरण सफल हुने महसघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाको भनाइ छ ।
पत्रकार महासंघको सदस्य रहेका तर पत्रकारितामा निस्कृयहरुलाइ राजिनामा गर्न सुझाव दिएको महासंघ रौतहटले जनाएको छ ।
उनले राजिनामा पत्रमा पत्रकारीतामा समय दिन नसकेकाले राजिनामा दिने निर्णय गरेको क्षेत्रीले बताएका छन ।
रौतहट शाखामा ५६ जना सदस्य रहेकोमा क्षेत्रीले राजीनामा दिएका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु