Tuesday, April 14, 2026

कटहरियाका भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य शुरु

पछिल्लाे समाचार

रौतहट १३ जेठ । कटहरियामा  भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।
सामुदायीक आत्मनिर्भर सेवा केन्द्र काठमाण्डौँ र पिपुल इन लिडको सहजिकरणमा संचालित कार्यक्रममा शुक्रबार रौतहटको कटहरिया नगरपालिकाका भूमिहीन सुकुम्बासीहरुलाई निस्सा प्रदान गरिएको हो ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकास जयसवालले वडा नम्बर ५ का भूमिहीन र सुकुम्बासीहरुलाई निस्सा बितरण गरेका छन ।
कटहरिया नगरपालिकाका मेयर जयसवालका अनुसार पालिकाका सबै वडामा रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नका लागि वडा नम्बर ५ बाट सुरु गरिएको तथा आइतबारदेखि वडा नम्बर १ देखि ९ सम्म निस्सा वितरण गरिने बताएका छन् ।
शुक्रवार  भूमिहीन सुकुम्बासी ५१ जनालाई निस्सा कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकास जयसवाल र सोही पालिकाका उप प्रमुख रिता देबि यादवको संयुक्त रुपमा निस्सा वितरण गरिएको हो ।
हालसम्म पालिकाका सबै वडाहरुमा ४ सय २६ जना भूमिहीन दलित र ३ सय ३ जना भूमिहीन सुकुम्बासीहरु रहेको तथ्याक छ ।
कटहरिया नगरपालिकाका उप प्रमुख रिता देवी यादवले कार्यक्रमलाइ सम्बोधन गर्दै  दलित तथा सुकुम्बासीहरुको लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताएकी छिन ।
विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ।
वडा नम्बर ५ का सुकुम्बासी ८० वर्षीय शेख ठागाले लालपुर्जा पाउँने आशा जागेको बताए ।
कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मिया धोबी, जिल्ला भूमि संस्थाका अनुप माझी, कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगरपालिकाका भूमिहीन शाखाका प्रमुख अधिकृत ओमप्रकास राम, जनप्रतिनिधि तथा वडा नम्बर ५ का सुकुम्बासीहरु को उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु