गरुडा १ जेठ । गरुडा बाट मलाही जाने सडक कालोपत्रे सडकको सोमवार शिलान्यास गरिएको छ ।
शहरी बिकाश मन्त्रालयबाट विनियोजित २० करोडको लागतमा गरुडा देखी मलाही टोल सम्म ७ किलोमीटर कालोपत्रे गर्नका लागि काम शुरु भएको हो ।
रौतहट क्षेत्र न.४ का संघीय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सडकको शिलान्यास गरिएको छ ।
उक्त सडक १२ मिटर चौडाई हुने कालोपत्रे नाला सहितको निर्माण हुने सवैको साथ र सहयोगले गरुडा नगर सुखी र समृद्ध नगर बन्ने भएकोले विकाश निर्माणको कार्यमा सवैको साथ आवश्यक रहने गरुडाका मेयर कन्थमणी जयसवालले बताएका छन ।


