Tuesday, April 21, 2026

गरुडामा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन

पछिल्लाे समाचार


रौतहट ४ चैत । गरुडामा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गरिएको हो ।
गरुडा नगरपालिकाको वार्ड नं.४ मा रहेको गरुडा स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गरिएको हो । मधेश प्रदेश सरकार एवंम गरुडा नगरपालिकाको सहकार्यमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमणि प्रसाद जैसवालले  जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गरेका छन ।
नगर प्रमुख जैसवालले गरुडा नपाले प्रदेशबाट ल्याएको सामाग्री तीन महिनाभन्दा बढि भयो किन प्रयोग र सन्चालन आएन भन्ने धेरै गुनासो थियो  पछिल्लो दिनमा नगरपालिकामा दैनिकी तोडफोड,नगरपालिका घेराउ जस्ता कार्यले ढिलो भएको बताए ।
प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशाला समाजिक बिकास मन्त्रालय र गरुडा नगरपालिकाको सहकार्य भई उद्धघाटन भएको हो । प्रयोगशालामा मधेश प्रदेश सरकार र गरुडा नगरपालिकाको करिब ४४ लाखको लागतमा ५१ प्रकारका समाग्रीहरु ल्याएको छ ।
प्रयोगशालाको संचालन पछि  नगरबासिलाई गौर,चन्द्रपुर ,बिरगंज,काठमाडौँ र जनकपुर जस्ता सहरहरुमा जानु पर्ने बाध्यता हट्ने गरुडाका नगर प्रमुख  जैसवालले बताए । प्रयोगशालाबाट ६२ प्रकारका रोगहरुको चेकजाँच हुने नगर प्रमुख जैसवालको भनाइ छ ।
गरुडा नगरपालिकामा छिटो भन्दा छिटो एमबिबिएस डाक्टर राखेर बिभिन्न रोगहरुको उपचार गराउने तथा कुकुर,स्याल र सर्पले टोकेको मानिसको उपचार को व्यवस्था समेत चाडै गर्ने उनले बताए । साथै  गरुडामा नै छिटो भन्दा छिटो बर्थिङ्ग सेन्टर बनाउन पहल गर्ने नगर प्रमुख जयसवालले बताए ।
कार्यक्रममा वार्ड नं.५ का वडाअध्यक्ष रामबिनोद जैसावल ,एमालेका नेता कलिमुल्लाह ,कौशर खान मिथिला लगायतले आफ्ना भनाइ राखेका थिए ।
वार्ड नं.४ को वडाअध्यक्षको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । उद्धघाटन कार्यक्रममा वार्ड नं.१ देखि ९ सम्मका वडाअध्यक्षहरु लगायत स्थानिय अगुवाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु