रौतहट ४ जेठ । गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सम्पन्न भएको छ ।
माण्डवी नेपालको आयोजनामा सम्पन्न भएको तालिमको अन्तिम दिन गौरको बराहवा तालको झुलुङ्गे पुल नजिक दैविक प्रकोप , आगलगी र बाढीको बेलामा कसरी आफु बच्ने र अरुलाई बचाउने तरिकाहरु सशस्त्र प्रहरीले अभ्यास मुलक कार्यहरु गरि प्रदर्शन गरेका छन ।
सो अभ्यासको क्रममा गैस सिलेन्डरमा आगो लगदा कसरी निभाउने , गर्मिको बेलामा घर गोठमा आगो लग्दा के के समानको प्रयोग गरि कसरी आगो निभाउने भन्ने अभ्यास नै गरेर आगो प्रभावीत क्षेत्रका मानिस तथा धनमालको सुरक्षा हुने बिधिहरुलाई प्रदर्शन गरीएको छ ।
बाढीको बेलामा बाटो बन्द भएको बेला , नदिको तेज बहावमा मान्छेहरुलाई बगाइ रहेको बेला, आगलागिका घटनामा प्रतिकार्य तरिका, पानीमा डुबेका व्यक्तिहरुलाई बचाउने लगायत प्राथमिक उपचारका विधि र उद्दार गरिएका घाईतेहरुलाइ अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरुको अभ्यास र प्रदर्शन भएको थियो ।
गौर,इशनाथ,राजपुर,परोहा,कटहरिया,बौधीमाई,देवाही गोनाही,फतुवा बिजयपुर लगायतका नगरपालिकाका मानिसलाइ बतालिममा सहभागि गराएको माण्डवी नेपालले जनाएको छ ।
बाढी पूर्व सुचना यन्त्र बारा जिल्लाको निजगढमा जडान भइ सकेको र त्यो यन्त्रबाट जिल्लाका दक्षिणभेग तथा सदरमुकाम गौर लाई बाढी आउनुभन्दा ३ घण्टा अगाडी नै जिल्ला प्रशासन कार्यालय गौरमा जडान गरिएको साइरन बज्ने र सोको ध्वनी एक किलोमिटरसम्म जाने मण्डवी नेपालका निर्देशक अन्जु झाले बताएकी छिन ।
प्रकृतिक प्रकोपबाट बचाव तथा उद्दार तरिकाहरुलाई जनचेतना मुलक कार्यक्रम रौतहट का सिडिओ धर्मेन्द्र कुमार मिश्राको प्रमुख अतिथ्यमा सम्पन भएको हो ।
तीन दिने तालिम समापनमा ,सशस्त्र प्रहरी उपरिक्षक ,नेपाल प्रहरीका नायब उपरिक्षक सहित संचारकर्मीहरु र बिभिन्न सघसंस्था तथा राजनितीकर्मीहरुको उपस्थिती रहेको थियो ।


