Thursday, November 14, 2024

अदालतको आदेश न मानेको गुनासो

पछिल्लाे समाचार



रौतहट, ४ असार। मौलापुर नगरपालिकामा अदालतको आदेशको अवहेलना गरी निर्माणको काम भइरहेको गुनासो छ ।
वडा नम्बर ७ रहेको श्री प्राथमिक बिधालय पथराबुधराममा कम्पाउण्ड वाल,माटो पुर्ने लगायतका विकास निर्माणका कामहरु भइरहेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मुखियाले बताए ।
  आफूहरुलाइ यस बिधालयको लागि निर्माण भइरहेको दुइकोठे दुइतले भवन निर्माणको कार्यलाइ २०७९ चैत ०९ गते जिल्ला अदालत गौर रौतहट बाट प्राप्त पत्र अनुसार अबिलम्ब निर्माण कार्य रोक्का गर्न आदेश भएकोले निर्माण कम्पनी अनिल निर्माण सेवा तथा मौलापुर नगरपालिकालाइ समेत बिधालय व्यवस्थापन समितिको बैठक बसी जानकारी गराएक‍ो उनले बताए ।
उक्त काम  अदालत बाट रोक्का भएपनि पनि अहिले आएर आदेश नमानी बिधालयमा कम्पाउण्ड वाल,माटो पुर्ने काम भइरहेको मुखियाले बताए ।
वडा सदस्य दिलिप साह र कार्यपालिका सदस्य प्रतिमा साहको श्रीमान् दिपेन्द्र साहले अदालतको आदेशलाइ नमानि उक्त काम गराइरहेको उनको भनाइ छ ।
यस विषयमा सो बिधालयमा प्रधानाध्यापक प्रेमशंकर साह सँग बुझदा बिधालय मा कसले कहाँ बाट रकम ल्याएर कामहरु गरारहेका छन् त्यस सम्बन्धी आफूलाइ कुनै जानकारी नभएको बताएका छन ।
काम रोक्क गर्ने अदालतको आदेश पछि बिधालयले कुनै काम गराउन नसक्ने लिखित रुपमै नगरपालिकामा जानकारी गराइसकेको प्रअ साहले बताए ।
श्री राम जानकी मठ गौरको नाम रहेकोले मठका संरक्षक राममंगल यादवले अदालतमा मुद्धा दिए पछि काम गराउन बाट पछाडी हटनु परेको बताए ।
वडा सदस्य दिलिप साह ले  सामूहिक रुपमा नै उक्त ठाउँमा काम गराइरहेको बताएका छन ।
माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सँग सो बिषयमा बुझ्दा नगरपालिका द्वारा सो काम नभएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु