राैतहट १० असार। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री, रौतहट १ वाट निर्वाचित संघिय सांसद माधव कुमार नेपालले जनताको सेवामा समर्पित जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
आइतवार गाैर नगरपालिकाको १२औं नगर अधिवेशनलाई सम्बोधन गर्दै जनप्रतिनिधिलाई रचनात्मक काम गर्न सुझाव दिएका छन ।
अध्यक्ष नेपालले राम्रो काम गर्ने नगरपालिका ,गाउँ पालिकालाई थप विकास रकम निकासा गर्न नेपाल सरकार संग माग गरे का छन ।
नेता नेपालले नगरपालिकाका बिपन्न घर परिवारलाई पहिचान गरी परिचयपत्र प्रदान गरि राेजगारीको अवसर प्रदान गर्न गाैरका नगर प्रमुखसंग आग्रह गरेका छन ।
ठुलो समस्याको रुपमा देखिएको मिटर व्याजी पिडितको पक्षमा स्थानीय प्रशासनलाई छिटो छरितो ढंगले काम गर्न , मिटर व्याज लिएर थोरै दिनमा धेरै कामाउनेहरुलाइ सचेत गराउदै गरिब लाई दुख दिएर पैसा कमाउने अर्काकाे सम्पति लिलाम गर्ने ,हडपने जस्ता कार्य राेक्न नेता नेपालले सम्वन्धित पक्ष को ध्यानाकर्षण गराएका छन ।
वितिय सुशासन कार्यमा गाैर नगरपालिका मधेस प्रदेशमा पहिलो भएकोमा जनप्रतिनिधि तथा कर्मचारीलाई बधाई दिदै नेता नेपालले अझै धेरै जनपक्षिय काम गर्न आग्रह गरेका छन ।
गाैरका नगरप्रमुख शम्भु साह ले नगर अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादव लगाएतले शुभकामना दिएका छन ।
सो कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता अर्जुन सिहले आर्थिक वर्ष २०८०/०८१को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गरेका छन ।
कार्यक्रममा नम्बर ७ का वडा अध्यक्ष शिव शंकर पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
गाैर नगरपालिका का निमित प्रमुख सुभाष कुमार ठाकुर लेखापरीक्षण अधिकारी सराेज लाल दास र नायव सुब्बा जितेन्द्र भारती सहित विभिन्न पदमा कार्यरत ९ जना लाइ प्रमुख अतिथि नेपालले प्रसंसा पत्र प्रदान गरेका छन ।