Wednesday, May 22, 2024

अन्तर्राष्ट्रिय योग दिवस चन्द्रपुरमा पनि मनाइयो

पछिल्लाे समाचार

चन्द्रपुर ६ असार। अन्तर्राष्ट्रिय योग दिवसको अबसर मा पतन्जली योग समिति चन्द्रपुरले बिभिन्न कार्यक्रम गरेको छ ।

नबौ अन्तर्राष्ट्रिय योग दिवसको अबसर मा पतन्जली योग समिति चन्द्रपुरले मुनलाइट एकेडेमीमा योग प्रशिक्षण तथा र्यालीको आयोजना गरेको योग समिति चन्द्रपुरका अध्यक्ष तथा योग गुरु अर्जुन तिमलसिनाले जानकारी दिए । योगबाट हुने फाइदा र योग किन गर्ने भन्ने बारे सहभागिहरुलाइ जानकारी गराइएको समितिका अध्यक्ष तथा योग गुरु तिमलसिनाले बताए ।

हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी योग दिवश मनाउने गरीन्छ ।

हरेक दिन चन्द्रनिगाहपुरमा निशुल्क योग प्रशिक्षण कार्यक्रम संचालन हुँदै आएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा निर्णय गरी २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु