Friday, May 23, 2025

ऋण  भाकामा नतिरेपछि  गरुडामा रहेको श्रीराम सुगर मिल्स लिलामी प्रकृयामा

पछिल्लाे समाचार



रौतहट १ असार ।  लिएको ऋण  भाकामा नतिरेपछि  गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलामी प्रकृयामा जाने भएको छ ।
गोल्छा अर्गनाइजेसन को स्वामित्वमा रहेको उक्त मिल्सले ऋण नतिरेपछि मुख्य लगानीकर्ता नेपाल बैंकले उद्योग लिलामी प्रकृया अघि बढाएको बुझिएको छ ।
श्रीराम सुगर मिल्समा नेपाल बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १७ करोड रुपैया ऋण लगानी गरेका थिए।
अहिले ब्याज समेत जोड्दा २६ करोड रुपैया पुगेको छ। ऋण रकम असुलका लागि बैंकले पटक पटक ताकेदा गर्दा नतिरेको बैकले जनाएको छ ।
उद्योगमा रहेको मेशिनरी उपकरणहरु टेन्डर प्रकृया बाट बिक्री हुने बैकले जनाएको छ ।
समानको न्यूनतम मूल्य ३८ करोड ११ सय ५५ रुपैया तोकेको छ।
रौतहटको गरुड ६ महम्मदपुरमा रहेको ८० विगाह क्षेत्रफलमा रहेको  मिल्सको मेशिनरी तथा उपकरण बेचेर कर्जा असुली हुने देखिएकाले लिलामी प्रक्रिया अधि बढाएको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए।
उद्योगले बैंकहरुलाई २६ करोड रुपैया ऋण तिर्न बाँकी रहेको उनले जानकारी दिए। बैकले टेन्डरको  अन्तिम दिन साउन ४ गतेलाई तोकेको छ।
२०४९ साल साउन १३ गते गोल्छा अर्गनाईजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ गते गते पुर्ण रुपमा बन्द भएको थियो।
लगातार नोक्सानमा गएपछि गोल्छा समूहले सञ्चालन अवस्थामै रहेको मिललाई बन्द गराएको थियो । उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैया सञ्चित नोक्सान थियो । 1

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु