Friday, May 24, 2024

गर्मी बढी हुदा चन्द्रपुरका बिद्यालय थप दुई दिन बिदा

पछिल्लाे समाचार



रौतहट २४ जेठ । चन्द्रपुर नगरपालिकाका बिद्यालय थप दुई दिन बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण  नगरपालिका भित्रका बिद्यालयहरू थप २ दिन बन्द गर्ने निर्णय भएको छ ।
चन्द्रपुर नगरपालिकाले बुधबार   सुचना जारी गरि जेठ २६ गते शुक्रबार सम्मका लागी पुनः विद्यालयहरु बन्द रहने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी दिएका छन ।
रौतहट जिल्लाकाे अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि गत जेठ १९ गतेदेखि २४ गते सम्म सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका थिए ।
चन्द्रपुर नगरपालिकाले भने दुई दिन अझै बिदा थपेको हो । गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहाेस हुन सक्ने,बिरनमी हुने देखिएपछि विद्यालयहरु बन्द गराउनु परेकाे प्रमुख सिग्देलले बताए ।
जिल्ला शिक्षा समन्वय ईकाइ राैतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझ्दा जिल्लाकाे दुई पालिका गुजरा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले बिहान साढे ९ बजे सम्म पालिका भित्रका बिधालयहरू सञ्चालनमा  राखेकाे जानकारी गराएका छन ।
केही दिन देखि जिल्लामा  तापक्रम बढेकाे छ । ४० डिग्रीदेखि ४४ डिग्री सम्म तापक्रम मापन गरिएको छ  । विगतका बर्षकाे तुलनामा यसबर्ष राैतहटमा तापक्रम अत्याधिक बढेकाेले बालबालिका,अशक्त,बृद्ववृद्धाहरुलाई घाममा घर बाहिर  ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु