Sunday, May 26, 2024

गुजरा र बृन्दावनका दूइजना बलात्कार आरोपी पक्राउ

पछिल्लाे समाचार


रौतहट ४ असार । एकजना ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका-८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई  प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-८ जयराजपुरस्थित झुपडिमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका-१ बस्ने ५० वर्षीय किशोरी राउतलाई  प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले जवरजस्ती करणी गरेको  उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो ।
साथै सो घटनामा संलग्न रहेको आरोप लागेका  जैसवाल फरार भएपछि प्रहरीले खोजी गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु