Monday, April 21, 2025

चुरे स्थित मकवानपुर र रौतहटको सिमानाबाट ढुङ्गा तस्करी

पछिल्लाे समाचार


रौतहट २ असार । चुरेबाट अवैध रुपमा ढुङ्गा तस्करी भएपनि त्यस भेगका  सरोकारवाला निकायहरु  चुपचाप बसेका छन ।
रौतहटसँग सिमा जोडिएको मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर १ मा रहेको चुरे क्षेत्रबाट दैनिक दर्जनौ ट्याक्टरहरुले ढुंङ्गा चोरी निकासी हुने गरेको पाइएको छ ।
चुरे स्थित मा  चाँदी खोलामा ट्याक्टर लगेर ढुंङ्गा निकाल्ने गरेका छन् ।  रौतहटकाे गैडाटार र चन्द्रनिगाहपुरका ट्याक्टर हरु  आउने गरेका ’ एक स्थानियले बताए ।
ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ ले वन तथा चुरेक्षेत्रबाट सामान्यतया ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् नगर्ने र यदि गर्नुपर्ने भएमा सम्बन्धित निकायको सहमतिमा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित विधि अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाले ढुङ्गा, गिट्टी तथा वालुवा उत्खनन्, सङ्कलन र बिक्री गर्नु पर्ने  व्यवस्था छ ।
चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, वालुवाको उत्खनन् गर्ने सम्बन्धमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहमति तथा स्वीकृत मापदण्डको आधारमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले प्रचलित कानून तथा मापदण्ड बमोजिम ठेक्का बन्दोवस्त गर्नु पर्नेमा तस्करहरुले आफुखुसी चुरेबाट ढुंङ्गा ओर्साने गरेको बकैया – १ का वडाध्यक्ष आशिष तितुङ बताउँछन् ।
अवैध चोरी निकासी रोक्न निकै प्रयास गरेपनि नसकेको र डिभिजन वन कार्यालय तथा प्रहरीले  सहयोग नगरेको उनको गुनासो छ ।
मकवानपुर जिल्लाको डिभिजन वन कार्यालय र प्रहरीसँग सहयोग पनि माग्दा  सहयोग पाएका छैनौं । मकवानपुरको सुरक्षा निकायलाई यो ठाउँ कोल्टे पर्छ , रौतहटले आफ्नो क्षेत्र नपर्ने भन्दै सहयोग नपाएको उनी बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु