Sunday, May 26, 2024
No menu items!

चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

पछिल्लाे समाचार

रौतहट ८ असार । विरगंज महानगरपालिका वडा नम्बर १० बस्ने बर्ष १९ को अर्जुन साह कानु पक्राउ गरेका छन ।

गत असार ३ गते दिउँसोको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित डुमरिया बजारको छेउमा पार्किङ गरी राखेको अबस्थामा मोहन कुमारको नाममा दर्ता रहेको ना. ४५ प. ७५५१ नम्बरको सिबि साइन एसपि कम्पनीको मोटरसाइकल चोरी भएको थियो ।

चोरी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट तत्कालै प्रहरी नायब उपरिक्षक एक नारायण कोईराला समेतको प्रहरी टोली ले खोजतलास गर्ने क्रममा सोही दिन उक्त बाइक फेला पारेको थियो ।

प्रहरीले फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ शहिद बजार चोक स्थितबाट कानुलाई उक्त मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका कानुलाइ जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु