Wednesday, May 22, 2024

जिल्ला प्रशासन कार्यालय राैतहटमा विधुतिय राहदानीको सेवा शुरु

पछिल्लाे समाचार

प्रेमचन्द्र झा /राैतहट / जिल्ला प्रशासन कार्यालय राैतहटमा विधुतिय राहदानी सेवाको काम शुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सेवा ग्राहीको चापलाई ध्यानदिदै सेवा दिन लागिएको हाे ।
आईतवार देखि विहिवार सम्म विहान सात बजे देखि सांझ पाच बजे सम्म र शुक्रबार विहान सात बजे देखि दिउँसो तीन बजे सम्म विधुतिय राहदानी सेवाको काम हुने प्रमुख जिल्ला अधिकारी मिश्र ले बताए ।
विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरि नि:शुल्क रहेको जानकारी दीएको छ ।
सेवाग्राहीको सुविधाको लागि कार्यलय परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउण्ड सिष्टम जडान गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु