Wednesday, May 22, 2024

नेपाली सेना द्वारा विधार्थीलाई स्टेशनरी समाग्री सहयोग

पछिल्लाे समाचार


राैतहट २२ जेठ ।नेपाली सेना को वीरदल गण राैतहटले एक विधालयका विपन्न विधार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेका छन ।
मध्य पुर्बी पृतना हेड क्वाटरकाे निर्देशन र  नम्बर २८ वाहिनी अडडाकाे पहलमा विरदल गण राैतहटले  उक्त सामग्री सहयोग गरेको हो। 
चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नया बस्ति स्थित जनता आधारभुत विधालयकाे कक्षा ४ र ५ मा अध्ययनरत  छात्र छात्रालाई विरदल गणका गणपति गंगा वहादुर विष्टले स्टेसनरी सामाग्री वितरण गरेका छन ।
शिक्षाको स्तर उकास्न तथा कल्याणकारी सोचका साथ “वन युनिट वन स्कुल स्पोर्ट” योजनाको अवधारणा बमाेजिम सैनिक नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखि जिम्मेवारी क्षेत्रमा भाैतिक रुपले जिर्ण र स्रोत साधनबाट विपन्न अवस्थामा रहेका सरकारी समुदायिक विधालयलाई सहयोग उपल्बध गराईएको गणपति विष्टले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु