Monday, April 21, 2025

न्याय माग्दै बिरोध प्रर्दशन

पछिल्लाे समाचार


रौतहट,१४असार । मोटरसाइकल को ठक्कर बाट ज्यान गुमाएका बालकको आफन्तले न्याय नपाएको भन्दै रौतहटको चन्द्रपुरमा बिरोध प्रर्दशन गरेका छन् ।
चन्द्रपुर–४ स्थित चन्द्रनिगाहपुरमा गत ७ महिना अघि भएको सवारी दुर्घटनामा १० वर्षीय बालक सम्राट तिमलसिनाको ज्यान गएको थियो ।
मृतक बालकलाई तिमलसिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटरसाईकलले घर नजिकैको सडकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
गत मंसिर ३ गते भएको दुर्घटनामा मृतक बालकले ज्यान गुमाएका थिए ।
मृतक परिवार,छिमेक तथा मावली र आफन्तले विहिबार न्याय नपाएको , मुद्धामा विपक्षीलाई उन्मुक्ति दिएकाले न्याय हनन् भएको गुनासो जनाउँदै विहिबार दिउसो कप्तानटोल देखि ईलाका प्रसासन कार्यालय हुँदै चन्द्रपुरमा विरोध प्रदर्शन गरेका छन ।
जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले गत मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए । सो मुद्धामाथि जिल्ला अदालत,रौतहट गौरले गएको जेष्ठ ३० गते फैसला गरेको थियो।
जिल्ला न्यायाधिश गेहेन्द्रराज पन्तको ईजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा दुई हजार रुँपैया बुझाएर जेल मुक्त भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु