रौतहट ४ असार । फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ८ मा रहेको श्री माँ सरस्वती प्राबि पिपलबोटमा अध्यनरक्त कक्षा शिशु देखि ५ सम्मका छात्रछात्राहरुलाइ स्कूल ब्याग वितरण गरिएको छ ।
अध्यनरत सबै बालबालिकाहरुलाइ कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगर स्तरीय बजेट बाट ब्याग वितरण गरेकी हुन् ।
बिधार्थीलाइ बिधालयमा नियमित गराउने उदेश्यले झोला वितरण गरेको कार्यवाहक मेयर अम्बेया खातुनको भनाइ छ ।
बिपन्न विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले ब्याग वितरण गरिएको प्रधानाध्यापक सुबोध प्रसाद यादवले बताए ।
वडा अध्यक्ष नितेश चौधरी,शिक्षा शाखा प्रतिनिधि विवेक यादव,श्री मावि टेंग्राहाका प्रअ अनिल यादव,श्री सहिद प्राविका प्रअ रामअयोध्या यादव,बिजयपुर बजार समितिका अध्यक्ष शिवशंकर यादव,नेपाल शिक्षक संघ नगर कमिटी अध्यक्ष राधेश्याम यादव लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो ।