Wednesday, May 22, 2024

बिधालयमा कक्षा थप

पछिल्लाे समाचार


रौतहट २२ जेठ ।  गरूडा नगरपालिकामा रहेको एक बिधालयमा कक्षा थप गरिएको छ ।
वडा नम्बर ७ मा रहेको श्री प्राथमिक बिधालय भिमडाबरमा कक्षा थपिएको प्रधानाध्यापक रिंकु यादवले जानकारी दिइन ।
बर्षाैं अघिदेखि कक्षा ४ सम्म मात्र पढाई हुने सो बिधालयमा कक्षा थप भएसँगै अबदेखि कक्षा ५ सम्मको पढाइ हुने भएको छ ।
बि.स.२०६६ सालमा स्थापना भएको सो बिधालयमा कक्षा ४ सम्म मात्र पढाइ हुँदै आएको थियो ।
नगर प्रमुखमा कन्थमनी जयसवाल निर्वाचित भएपछि उनले सो बिधालयमा कक्षा थप सञ्चालनको लागि अनुमती प्रदान गर्दै उद्वघाटन गरि कक्षा सञ्चालनमा ल्याएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु