रौतहट ६ असार ।झापाली समाज युएसए ,झापा बिकाश मन्च ,काठमाण्डौ र लाइन्स क्लव इन्टरनेशनल डिष्टिक 325 चन्द्रपुरले बुधवार एक कार्यक्रम गरि छात्रबृती रकम हस्तान्तरण गरेका छन ।
छनौटमा परेका रौतहटका १० जना बालिका हरु लाई दोश्रो किस्ता वापतको बाकी जनहि १० हजार हस्तान्तरण गरीएको छ ।
झापा विकास मञ्च, झापाली समाज अमेरिका र लायन्स क्लव चन्द्रपुर ग्रिन सिटीद्वारा प्रदान गरिने छात्रावृत्ती कार्यक्रममा रौतहट बाट छनौट भएको विद्यालय र छात्राहरुलाई रकम हस्तान्तरण गरिएको हो ।
श्री अम्बिका आधारभूत विद्यालय, चन्द्रपुर- ५ मुररी चालिसे ,श्री माध्यमिक विद्यालय डुमरिया, राजेश चौधरी चन्द्रपुर -९ ,नगेन्द्र पासवान, दलित जागरण अधारभूत विद्यालय, सोनालाल प्रसाद यादव ,चन्द्रपुर, ८,जनहित सामुदायिक आधारभूत विद्यालय चन्द्रपुर -३, अनाथालय आधारभूत विद्यालय गरुडा -४, मा.वि. विशुनपुर्वा मानपुर, माधवनारायण, हातेमालो आधारभूत विद्यालय चन्द्रपुर ,रामचन्द्र मा.वि. गरुडा, देवनारायण हुमागाई जन ज्योति माध्यमिक विद्यालय, चन्द्रपुर, ६ ,शत्रुधन साह ,जन जागृती मा. वि. चन्द्रपुर, -९ का प्रध्यानाधापकहरुको रहोवरमा रकम हस्तान्तरण गरिएको छ ।
दिपिका चौधरी, प्रतिभा चौधरी,रोपा पासवान,भावना मगर,दुर्गा कुमारी फुयाल, परमकला पासवान,मुस्कान राई, पिकी कुमारी राम, रोशिका बस्नेत,सुनिता राम ले दोश्रो किस्ता बापतको छात्रबृती रकम पाएका छन ।
कार्यक्रममा चन्द्रपुरका मेयर संजय काफ्ले ले बालिकाहरुको पढाइमा सहयोग गर्ने सस्थाहरु लाई धन्यवाद दिदै चन्द्पुर नपाले पनि शिक्षा क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको बताए ।
नगरमा रकम भएपनि बिभिन्न कारणले गत बर्ष छात्रबृती रकम बितरण गर्न नसकेको बताउदै शिक्षाका बिषयमा सरोकारवाला निकाय , पक्षले खुलेर सुझाव दिन समेत मेयर काफ्लेले आग्रह गरेका छन ।
छात्रबृती हस्तान्तरण कार्यक्रममा चन्द्रपुर नपाका शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डल,वडा नम्वर ६ का वडा अध्यक्ष सहदेव केसी,नगर शिक्षा समिती सदस्य शत्रुधन साह, चन्द्रनिगाहपुर जेसिजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ,लायन्स क्लवका ज्वाइन्ट सेक्रेटरी दिपक रेग्मी,लायन्स क्लव अफ फेमिना चन्द्रपुर कि निर्मला सुवेदी, लायन्स क्लव चन्द्रनिगाहपुरका अध्यक्ष शेख अजवद्दीन लगाएत बिधार्थीका अबिभावकहरुको उपस्थिती रहेको थियो ।
सहयोगी सस्थाले विभिन्न पालिकाका १० जना बालिकाहरु लाई कक्षा १२ सम्म अध्यायन गराउन बार्षिक २१ हजार रकम जनहि प्रदान गरीदै आएको छ ।