राैतहट ४ असार । माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।
विशाल पाेखरीलाई तालको रुपमा विकास गर्न स्थानिय लागि परेका हुन ।
माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन माईधिया पोखरीलाई व्यवस्थापन गरि भगत ताल बनाउन लागिएको युवा समाजीक अभियान्ता पारस भण्डारीले बताए ।
पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियको सल्लाह अनुसार भगत ताल नामाकरण गरिएको भण्डारीले बताए ।
करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । पोखरीको उचित व्यवस्थापन र प्रचार प्रसार नहुदा ओझेलमा परेको थियो ।
विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेकाे कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरि पर्यटन स्थल बनाउन लागि परेका छन ।
प्राचिनकालमा माईधिया पोखरी माई र धिया शब्द मिलेर बनेको छ । शव्द
शव्द माईको अर्थ – माई (आमा) र धियाको अर्थ बेटि ( छोरी ) हुन्छ ।
माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको जानकारहरु बताउछन ।
स्थानिय अगुवाको भनाई अनुसार उक्त पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुप धारण गरि एक रातमै पोखरी खनेको किम्वदन्ती छ ।
मधेश प्रदेश सरकारको बजेटमा सो पोखरीमा करिब एक किलो मिटर पर्खाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको छ ।