Wednesday, May 22, 2024

मौलापुर बाट कटुवा पेस्तोल बरामद

पछिल्लाे समाचार


रौतहट ३ असार । ईलाका प्रहरी कार्यालय मौलापुर बाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल सहित मानिस पक्राउ गरेको छ ।
जिल्ला रौतहट मौलापुर न.पा.वडा नं.५ स्थित आईटी चौकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रु समेत लाई चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको UP57F-3238 नंम्वर.को खरानी रंगको हिरो होण्डा स्पलेन्डर चेक जाँच गर्दा हतियार बरामद भएको हो ।
सिट मुनि लुकाई राखेको अबस्थामा कटुवा पेस्तोल १ थान, 7.62 MBO EO OFV लेखिएको गोली १ राउण्ड समेत फेला परेको प्रहरीले जनाएको छ ।
हात हतियार सहित सर्लाही मंलगवा न.पा.वडा नं.७ का बर्ष ४५ को मोटरसाईकल चालक उमेश राय र पछाडी सवार बर्ष ६५ को मोहन राय लाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु