Wednesday, May 22, 2024

रौतहटका पाँच स्थानीय तहले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेनन

पछिल्लाे समाचार


रौतहट, १३ असार । आउदो आवका लागि रौतहटका ५ वटा पालिकाहरुले तोकिएको समयावधीमा अधिवेशन गर्न सकेका छैनन ।
स्थानीय तह शासन ऐन अनुरुप आउदो बर्षको नीति, कार्यक्रम तथा योजना छनौट गर्न तोकिएको समय सिमा भित्र रौतहटको पाँच वटा पालिकाले अधिवेशन गर्न सकेनन् ।
आन्तरिक विवाद एवं अन्य कारणले असार १० भित्र रौतहटका ५ वटा पालिकाहरुले नगर तथा गाउँ अधिवेशन गर्न सकेको छैन ।
माधवनारायण, गढीमाई र फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले असार १३ गते भईसक्दा पनि अधिवेशन गर्न सकेनन् ।
स्थानीय तह शासन व्यवस्था ऐनमा असार १० भित्रमा नीति तथा कार्यक्रमहरु पेश गरेर योजनाहरु छनौट गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।
रौतहटमा रहेका १८ स्थानीय तह मध्ये पाँच वटाले नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन ।
जनप्रतिनिधी विच आपसी तालमेलको नहुनु, आन्तरिक भागबण्डा, तथा अन्य विभिन्न कारण ले ती पालिकाहरुको नीति तथा कार्यक्रम प्ररस्तुत हुन नसकेको हो ।
जिल्लाको १८ स्थानीय तह मध्ये सबैभन्दा पहिलो राजदेवी नगरपालिकाले असार ७ गते अधिवेशन गरेर आफना नीति कार्यक्रम र योजनाहरु पारित गरिसकेको राजदेवी नपाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए । यस्तै मौलापुर, इशनाथ, चन्द्रपुर, वृन्दावन, गुजरा, देवाही गोनाही, बौधीमाई, राजपुर, परोहा, गरुडा नगरपालिकामा असार १० गते नगरअधिवेशन सम्पन्न भईसकेको छ भने असार ११ गते कटहरिया नगरपालिकाले नगरअधिवेशन गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु