Monday, June 24, 2024

रौतहटमा करेन्ट लागेर दुइजनाको ज्यान गयो

पछिल्लाे समाचार


रौतहट २ असार । बौधीमाई नगरपालिका–५ कोपवा टोलमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
गएराती करेन्ट लागेर घाइते भएका दुवैजनाको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय सतावि पण्डित छन ।
चापाकल मा पानीथाप्ने क्रममा दुवैजनाको करेन्ट लागेर मृत्यु भएको हो । मृतक अरुणको किराना र पण्डितको पान पसल रहेको छ ।
दुवै जना चापाकलमा पानी थाप्न जादा करेन्ट लागेर घाइते भएको र उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरीका सई परमानन्द यादवले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु