Wednesday, October 9, 2024

वागमती नदीमा फसेका पाँच जनाको उद्धार

पछिल्लाे समाचार



रौतहट, ९ असार । वागमती नदीमा बाढी आएपछि गोठाला गएका चार महिला सहित पाँच जनालाइ सुरक्षाकर्मीहरुले उद्धार गरेकाे छ ।
राजदेवी नगरपालिका वडा नम्बर ३ चन्डिहा गाउँबाट भैंसी चराउन बागमती नदीको वगरमा गएका पाँच जना अचानक बागमती नदीमा बाढी आएपछि फसेका थिए ।
बाढीमा फसेको प्रहरीलाई राति १० बजे जानकारी आएपछि तत्कालै प्रहरी टोलीको उद्धार टोलीले तीन जनालाई शुक्रवार राति १२ बजे उद्धार गरिएको तथा दुई जनालाई विहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
साँझ पख घर फर्किन खोज्दा अचानक बाढी आएपछि ५० बर्षिया रामपति देवी, ३० बर्षिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० बर्षिय किसन सहनीलाई गएराति १२ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
भैंसी सहित रहेका दुई जना राति आउन नमानेपछि विहान डुंगा सहितको टोली गएर राजदेवी ३ चण्डिहाका ६० बर्षिय विलास साह र ४० बर्षिय करणशिला साहलाई उद्धार गरीएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु