रौतहट ८ असार । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ ।
केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भए पनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र पेश गर्दापनि सदस्यता नदिएको भन्दै जिल्लाका कृयाशील पत्रकारहरुले तालाबन्दी गरेका हुन ।
महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दा पनि नातावाद अनुसार नयाँ सदस्यता थपेको आरोप कृयाशील पत्रकारहरुले लगाएका छन । वर्षौँदेखि निरन्तर लेखनमा सकृय रहेकालाई शुद्धीकरणको नाममा सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ ।
शुक्रवार साह सहित गएका एकदर्जन बढी संचारकर्मीले रौतहट शाखामा तालाबन्दी गरेका छन ।



