Thursday, September 12, 2024

साझेदारी बनमा तस्करी बढेको गुनासो

पछिल्लाे समाचार

चन्द्रपुर,४ असार । रंगपुर साझेदारी वन उपभोक्ता समुहको मातहतमा रहेको बन बिनास तिब्ररुपले हुन थालेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन ।
रौतहटको वनमा पछिल्लो समय व्यापक काठ चोरी तस्करी बढेको गुनासो छ ।
रंगपुर साझेदारी वनको मतहतमा रहेको बन क्षेत्रको उजाड बन्दै जान थालेको स्थानीय बासिन्दा बिनोद चौधरीले बताए ।
चन्द्रनिगाहपुरमा रहेको सव डिभिजन कार्यालय र बनबहुअरीमा रहेको सव डिभिजन वन कार्यालयका केही कर्मचारीको मिलेमतोमा रंगपुर साझेदारी वनबाट दिउसै काँचा सालका गोलिया काटेर लाने गरेको स्थानीयको भनाइ रहेको छ ।
साईकल ,ई रिक्सा र मोटर साईकल लिएर बनमा जाने समुहले काँचा रुख काटेर चिरान मिलमा लगेर बेच्ने गरेको बताईन्छ ।
आवश्यक बन कर्मचारी नभएको र पछिल्लो समय बन हेरालु समेत नभएकाले समस्या भएको कर्मचारीहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु