Wednesday, October 9, 2024

४ सय केभिए प्रशारण लाइनको टावर ढल्कीयो

पछिल्लाे समाचार


चन्द्रपुर ६ असार । हेटौंडा-ढल्केबर-इनरुवा ४ सय केभी प्रसारण लाइनको टावरको नटबोल्टु रौतहटको चन्द्रपुर पस्चिमको जंगल क्षेत्रमा ढल्चोकिएको छ ।
टावरको जगमा कसेको नटबोल्टु अज्ञात समुहले चोरेपछि चन्द्रपुर–लमाहा खण्डकाे ४ वटा टावर ढल्ने जोखिम मा छ ।
चारसुरे पुल देखि ठूलो ढोब बिचमा रहेको ४ वटा टावर बाङ्गो भएको हो ।
हेटौंडा–ढल्केबर–इनरुवासम्म ७ सय ९२ वटा टावर निर्माण हुँदै गरेको छ । नटबोल्टु चोरीभएपछी टावर ढल्ने अवस्थामा रहेको आयोजनाका निर्देशक श्यामकुमार यादवले बताए ।


टावरको जगको नट चोरीभएपछि टावर ढल्ने अवस्था मा रहेको र टावर चाडै मर्मत गर्ने निर्देशक यादवले बताए । टावरको नट खोल्ने समूह लाई कार्वाहि गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।
बिस २०७० सालमा राष्ट्रिय गौरवको सो आयोजना भारतीय ऐन्जेलिक इन्टरनेसनल लिमिटेड कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
सो ४०० केभिए को जोखिम पुर्ण टावर का कारण नजिकै रहेको २०० केभिए प्रशारण लाइन र ३३ केभिए प्रशारण लाइन समेत जोखिममा परेको छ ।
१६ अर्ब लगानीमा निर्माण भैरहेको योजनाको काम ३० महिनाभित्र सक्नु पर्नेमा १० वर्षमा पनि सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।
२०८१ सालभित्रमा सो काम सम्पन्न गर्नुपर्ने पछिल्लो सम्झौतामा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु