Monday, June 24, 2024

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

पछिल्लाे समाचार

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय लाइ एक साता बिधालय बिदा दिन अनुरोध गरेको छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ रौतहट ले सुचना प्रकासित गरि बिदा दिन अनुरोध  गरेको हो ।
अत्यधिक गर्मीको कारण विद्यालयको पठन पाठनमा प्रतिकुल असर परिरहेको र कतिपय वालवालिका मुर्छित समेत हुने भएकोले वर्षे विदावाट कट्टाहुने गरि एक हप्ता विद्यालयहरुमा गर्मी विदा गरिदिन हुन सिफारिस साथ अनुरोध गरेको रौतहटका रामविनय  सिंह इकाइ प्रमुख ले जनाएका छन ।
यता अत्यधिक गर्मी बढेपछि रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालयमा बिदा दिएको छ।
चन्द्रपुर नगरपालिकाले सूचना प्रकाशित गरी आगामी जेठ २४ गतेसम्म पालिका भित्रका सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द रहने चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्ले ले जानकारी दिएका छन ।
पछिल्लो एकसाता देखि गर्मी तथा तातो हावाको कारण रौतहटको जनजीवन प्रभाबित बनेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु