Wednesday, May 22, 2024

खानेपानीको चुनाव जेठ २७ गते हुने

पछिल्लाे समाचार


चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।
जेठ २७ गते हुने निर्वाचनको लागी बिहीबार निर्वाचन समितिले अन्तिम उम्मेदवारहरुको नामाबली प्रकाशन गरेको छ । उम्मेदवारहरुको अन्तिम नामाबली अनुसार सो संस्थाको अध्यक्षको लागी ३ जनाको उमेदवारी परेको छ ।
अध्यक्ष पदमा किशोर प्रसाद उपाध्याय,सन्तोष काफले र लेखनाथ कोइरालाको उमेदवारी परेको छ । अध्यक्ष पद उम्मेदवारी दिएका अशोक पहाडीले उमेदवारी फिर्ता लिएपछि ३ जना मात्रैको नाम प्रकाशित भएको हो ।
यसैगरी उपाध्यक्षमा २ जना रहेका छन । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर र बिश्वजित बन्जाराको उमेदवारी रहेको छ । सचिबमा अबदेशहरी भट्टराई,मनोज तिमलसिना र रंजन कुमार काफलेको उमेदवारी रहेको छ । यसैगरी कोषाध्यक्षमा बिनिता बख्रेल र मरछिया देबीको उम्मेदवारी छ । ६ जना चाहिले खुल्ला सदस्यको लागी १२ जनाको उम्मेदवारी परेको छ भने ३ महिला सदस्यको लागी ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक कृति सुबेदीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु